चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते


March 23, 2026  

12
Shares

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरीसहित चार जना घाइते भएका छन् । स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा रहेको चितुवालाई प्रहरी, वन कर्मचारी र स्थानीयले नियन्त्रणमा लिन खोज्दा विच्किएर स्थानीयवासी र प्रहरीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घाइते हुनेमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाइका सहायक प्रहरी नायब निरीक्षक केदार श्रेष्ठ, बुद्धशान्ति –६ का ५० वर्षीय कृष्ण गजमेर, मेचीनगर नगरपालिका –१० का २६ वर्षीय विशाल कार्की र बद्धशान्ति–६ का ५४ वर्षीय दुर्गाबहादुर कटुवाल रहेका छन् ।

चारै जना घाइतेको बुद्धशान्तिस्थित भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको प्रवक्ता खड्काले जानकारी दिए । स्थानीयवासीको कुटपिटबाट चितुवाको मृत्यु भएको छ । रासस

प्रकाशित मिति : 6:05 am

पश्चिमी र स्थानीय वायुको प्रभावले देशभर मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक

चितुवाको आक्रमणमा प्रहरीसहित चार घाइते

झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा आज चितुवाको आक्रमणबाट एक सशस्त्र

सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि

ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने