सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि



ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । सातौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै ३ दिने मन्त्रजप कार्यक्रम हुने बारे जानकारी गराएको हो ।

विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा आगामी चैत १२ देखि १४ गतेसम्म ३ दिने मन्त्रजप कार्यक्रमको आयोजना गरिएको समितिका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो ।उहाँका अनुसार भारतका विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप गरिने छ ।

बि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ ।

मन्त्रजप गर्दा आफ्नो मन शुद्ध भई सबै प्रकारका पुण्य लाभ प्राप्त हुने र गुरु पद्म लिला सम्भवको प्रार्थना गरेमा सबै प्रकारका बिघ्नबाधा समाप्त भई सुख शान्तिका साथै मनोकामना पुरा हुने विश्वास रहेको छ । कार्यक्रममा करिब ३५ लाख बढी खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : 6:57 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले