सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप चैत्र १२ देखि



ताप्लेजुङ, चैत्र ८ गते । ताप्लेजुङमा आगामी चैत १२ गतेदेखि सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रम हुने भएको छ । सातौँ बज्रगुरु मन्त्रजप मुल आयोजक समितिले आइतबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै ३ दिने मन्त्रजप कार्यक्रम हुने बारे जानकारी गराएको हो ।

विश्व शान्ति र मानव एकताका लागि ताप्लेजुङको फुङलिङ नगरपालिका ९ सुकेटारमा आगामी चैत १२ देखि १४ गतेसम्म ३ दिने मन्त्रजप कार्यक्रमको आयोजना गरिएको समितिका सचिव पासाङ रिता शेर्पाले जानकारी दिनुभयो ।उहाँका अनुसार भारतका विश्व प्रख्यात प्रमुख लामा कुन्दोलिङ ताक्छक रिन्पोछेको उपस्थितिमा मन्त्रजप गरिने छ ।

बि. सं. २०७३ सालबाट सुरु भएको मन्त्रजप कार्यक्रम कोभिड महामारीको समयमा ३ वर्ष स्थगित भएको थियो । त्यस पश्चात पुन निरन्तर मन्त्रजप कार्यक्रम हुँदै आइरहेको छ ।

मन्त्रजप गर्दा आफ्नो मन शुद्ध भई सबै प्रकारका पुण्य लाभ प्राप्त हुने र गुरु पद्म लिला सम्भवको प्रार्थना गरेमा सबै प्रकारका बिघ्नबाधा समाप्त भई सुख शान्तिका साथै मनोकामना पुरा हुने विश्वास रहेको छ । कार्यक्रममा करिब ३५ लाख बढी खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : 6:57 pm

सुशील थापा चैत महिनाको उत्कृष्ट प्रहरी घोषित

ताप्लेजुङ, बैशाख १० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा