पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान



सौगात विष्ट 
ताप्लेजुङ, चैत ४ गते ।
ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले जलवायु परिवर्तन र त्यसका असर न्यूनिकरणको बारेमा क्याम्पसका विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान गरेको छ । बुधबार क्याम्पसको हलमा एक कार्यक्रमको आयोजना गर्दै जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा विद्यार्थीले खेल्नुपर्ने भूमिका सम्बन्धी तालिम प्रदान गरिएको हो । 

कार्यक्रममा जलवायु परिवर्तनको परिचय, यसको कारण, असर र यसलाई न्यूनिकरण गर्न विद्यार्थीले  खेल्नसक्ने भूमिकाको बारेमा सचेत गराइएको क्याम्पसका प्राध्यापक तथा प्रशिक्षक राजकुमार बानियाँले जानकारी दिनुभयो । जलवायु परिवर्तन आजको प्रमुख विश्वव्यापी समस्या भएको उल्लेख गर्दै यसको असर नेपालजस्तो विकासोन्मुख देशमा अझ बढी रहेको बताउनुभयो । 

तापक्रममा वृद्धि, अनियमित वर्षा, हिमालको हिउँ पग्लिनु, बाढी, पहिरो  र खडेरीजस्ता प्राकृतिक बिपद् बढ्दै जानु यसको प्रत्यक्ष प्रभाव रहेको प्रशिक्षक बानियाँको भनाई छ । वातावरण संरक्षणका निम्ति वनजङ्गल संरक्षण, प्लास्टिक जन्य बस्तुको न्यूनिकरण र जलस्रोतको सही सदुपयोगमा विद्यार्थीलाई प्रेरित गरिएको थियो ।  

सहभागी विद्यार्थीले यसबारे सचेतना फैलाउने, समुदाय स्तरमा सन्देश प्रवाह गर्दै वातावरण मैत्री अभ्यासलाई दैनिक जीवनमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गत वर्ष भने जलवायु परिवर्तन न्यूनिकरणका लागी क्याम्पसका विद्यार्थीहरूले फुङ्लिङ नगरपालिकाको सामुदायिक बनमा वृक्ष रोपण कार्यक्रम समेत गरेका थिए ।

प्रकाशित मिति : 8:39 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी