ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन



ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२/०८३ मा ४० लाख ५ हजार १६३ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो ।

आर्थिक वर्ष २०८२/०८३ को पछिल्लो आठ महिना अर्थात फागुन मसान्त सम्ममा दुई करोड २२ लाख २५ हजार ८७ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख निर्मल शेर्पाले जानकारी दिनुभएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक करोड ८२ लाख १९ हजार ९२४ रुपियाँ मात्र राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा रजिष्ट्रेसन दस्तुर, न्यायिक सेवा, मोठ रोक्का तथा प्रतिलिपि प्रदानबाट एक करोड पाँच लाख १८ हजार ७६५ रुपियाँ र पूँजीगततर्फ ७७ लाख एक हजार १५९ रुपियाँ गरि कुल एक करोड ८२ लाख १९ हजार ९२४ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा रजिष्ट्रेसन दस्तुरमार्फत एक करोड २३ लाख ३८ हजार ४८९ रुपियाँ, न्यायिक सेवामार्फत तीन लाख ७३ हजार २६९ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख शेर्पाको भनाइ छ । उहाँका अनुसार मोठ रोक्का ६० हजार एक १ सय र प्रतिलिपि ७९ हजार १ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । कार्यालय प्रमुख शेर्पाका अनुसार सबैभन्दा बढी माघमा ४८ लाख ९७ हजार ४२२ रुपियाँ र सबैभन्दा कम कात्तिकमा १२ लाख ४५ हजार १३ रुपियाँ राजश्व सङ्कलन भएको छ ।

त्यस्तै चालु आवको साउनमा १६ लाख ४१ हजार ४३२ रुपियाँ, भदौमा १४ लाख ७१ हजार ३७७, असोजमा २४ लाख ४१ हजार ५०३, मङ्सिरमा ४२ लाख ८६ हजार ८०७, पुषमा ४२ लाख ९१ हजार २१० र फागुनमा १९ लाख ५० हजार ३२३ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 8:21 pm

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा