पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो



ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा चाँदी रिफाइन ९प्रशोधन० गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी प्रशोधनको कार्य बुधबारबाट सुरु गरेको हो ।

तीर्थयात्रीले मन्दिरमा चढाएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गर्न सुरु गरेको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गर्न सुरु गरिएको हो ।

कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २०८० पौष २५ गतेदेखि हालसम्म दर्शनार्थीले चढाएको सुन तथा चाँदी रिफाइन गर्न सुरु गरिएको छ । जिल्लाका सुनचाँदी व्यवसायीहरूको प्राविधिक सहयोगमा रिफाइन सुरु गरिएको समितिले जनाएको छ । रिफाइनको कार्य सम्पन्न हुन करिब एक साता लाग्ने बताइएको छ ।

यसअघि रिफाइन गरिएको एक सय ७८ तोला ८२ लाल सुन समितिले भण्डारण गरि राखेको छ । जुन अहिले लिलामीको प्रक्रियामा छ । चाँदी भने यसअघि नै लिलामी भइसकेको समितिले जनाएको छ । पछिल्लो समयमा रिफाइन गरिएको सुन तथा चाँदी समेत लिलाम गर्ने योजनामा समिति रहेको छ ।

प्रकाशित मिति : 8:18 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन