ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी



ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी हुनु भएको छ । नेपाली काँग्रेसका उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बूलाई फराकिलो मतान्तरले पराजित गर्दै थेवे विजयी हुनु भएको हो ।

थेवेले १३ हजार ९८२ मत प्राप्त गर्नुभएको छ भने तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गर्नू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश विकास श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार थेवे र तुम्याहाङबीचको मतान्तर दुई हजार २५१ रहेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट चुनावी मैदानमा होमिएका १३ जना उम्मेदवारलाई पछि पार्दै थेवेले संसदीय यात्रा तय गर्नु भएको हो । थेवे र तुम्याहाङ दुवै जना पहिलो पटक चुनावी प्रतिष्पर्धामा होमिनु भएको हो । ताप्लेजुङमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार खेलप्रसाद बुडाक्षेत्री पराग छ हजार ७७५ मत प्राप्त गर्नू भएको छ । २०७९ सालको निर्वाचनमा २०८ को झिनो मतान्तरले एमाले उपमहासचिव योगेश भट्टराईसँग पराजित हुनु भएको पराग पुन दोश्रो पटक चुनावी प्रतिष्पर्धामा होमिनु भएको हो ।

देशका अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेपनि ताप्लेजुङमा पाँचौँ स्थानमा मात्र आएको छ । रास्वपाका उम्मेद्वार विरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गर्नु भएको छ । यस्तै श्रम संस्कृति पार्टीका उम्मेद्वार सन्तोष राईले पाँच हजार २०९ मत प्राप्त गरेर चौथो स्थानमा रहनु भएको छ ।

९० हजार ३ सय २७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ४ सय ७४ जनाले मत खसालेका थिए । कुल खसेका मतमध्ये दुई हजार ६८६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६१ ओटा वडा रहेको ताप्लेजुङमा ८० ओटा मतदान स्थलमा १ सय २७ ओटा मतदान केन्द्रबाट मतदाताले मताधिकार प्रयोग गरेका हुन् ।

प्रकाशित मिति : 9:15 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका