ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 



ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन भइसकेको छ । जिल्लाको हिमाली क्षेत्र चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ल्याइए सँगै एक सय २७ ओटै मतदान केन्द्रबाट मतपेटीका सङ्कलन भइसकेको हो । 

मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठका अनुसार आज बिहान करिब तीन बजेसम्ममा चार ओटा केन्द्रका बाहेक सबै ठाउँका मतपेटिका आइसकेको थियो । उहाँका अनुसार जिल्लाको उच्च हिमाली बस्तीका चार स्थानका मतपेटिका पनि हेलिकप्टर मार्फत सङ्कलन गरिएको हो । 

हेलिकप्टर मार्फत फक्ताङलुङ गाउँपालिकाका–६ घुन्सा आधारभुत विद्यालय र ग्याब्ला प्राथमिक विद्यालयका मतदान केन्द्र साथै फक्ताङलुङ–७ ओलाङचुङगोला र जिल्लाको सबैभन्दा उच्च हिमाली बस्ती याङमा आधारभुत विद्यालयको मतपेटिका सङ्कलन भएको हो । ती चार ओटा स्थान यातायातको पहुँचदेखि टाढा रहेकोले मतपेटिका सङ्कलनमा ढिलाइ भएको हो । चार स्थानका मतपेटिका सङ्कलनको लागि हेलिकप्टर हिजो नै ताप्लेजुङ आएको थियो । 

साँझ पाँच बजेपछि हेलिकप्टर प्रस्थान गर्ने तयारी गरेपनि अकस्मात् मौसममा आएको परिवर्तनका कारण सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान हेलिकप्टर मतपेटिका ढुवानीका लागि प्रस्थान गरी सङ्कलन गरेर ल्याइएको हो । 

यो सँगै अब सर्वदलीय बैठक बसेर मतगणनाको कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 8:52 am

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका