ताप्लेजुङमा मतदानको तयारी पूरा



ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि ताप्लेजुङमा मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार बुथ निर्माणको काम सकिएसँगै तयारी पूरा भएको हो । 

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन् । उक्त मतदान केन्द्रहरूमा १८ गते नै पुगेर आवश्यक तयारी थालेको ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिनुभयो ।

 उहाँका अनुसार मतदान केन्द्रको क्षेत्र तोक्नेदेखि लिएर सर्वदलीय बैठक तथा बुथ निर्माण स्वयंसेवक नियुक्ति लगायतको काम सकिएको छ । जिल्लामा कुल ९० हजार ३२७ मतदाता रहेका छन् । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदातालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने वातावरण सुनिश्चित गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । 

ताप्लेजुङमा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

प्रकाशित मिति : 7:15 pm

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण