कार्यसम्पादनमा सिरिजङ्घा प्रथम



ताप्लेजुङ, फागुन १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक नतिजामा सिरिजङ्घा ताप्लेजुङ भरिमा प्रथम भएको हो ।

आयोगले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार प्रथम भएको सिरिजङ्घाले ६८.१२ अङ्क प्राप्त गरेको छ । दोस्रो पाथीभरा याङवरक गाउँपालिका बनेको छ । पाथीभरा याङवरकले ६५.७२ अङ्क प्राप्त गरेको छ ।

तेस्रो बनेको मैवाखोला गाउँपालिकाले ५८.६८ अङ्क प्राप्त गर्दा चौथो बन्न सफल मिक्वाखोला गाउँपालिकाले ५८.५८ अङ्क पाएको छ । पाचौँ बनेको सिदिङ्वा गाउँपालिकाको ५७.८९ अङ्क, छैटौँ बन्न सफल मेरिङदेन गाउँपालिकाको ५७.०१ अंक र सातौँ बन्न सफल फक्ताङलुङ गाउँपालिकाको ५६.७५ अङ्क रहेको छ ।

यता एक मात्र रहेको फुङलिङ नगरपालिकाले ५०.६५ अङ्क प्राप्त गरी आठौँ स्थानमा रहेको छ भने आठराई त्रिवेणी गाउँपालिका ४१.३१ अङ्कका साथ अन्तिम भएको छ । आयोगले प्रकाशित गरेको प्रारम्भिक नतिजामा चित्त नबुझेमा ७ दिन भित्र पुनरावलोकनका लागि निवेदन दिन सकिने प्रावधान रहेको छ ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार आयोगले विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ । जसअनुसार बजेट पेश र पारितको समयावधि, आयव्ययको प्रक्षेपण गरी अर्थ मन्त्रालयमा पेश गरेको समयावधि, विनियोजित रकम खर्चको समयावधि र अवस्था, सूत्रको प्रयोग, आवधिक योजना तर्जुमाको अवस्था विश्लेषण गर्ने गरेको छ।

प्रकाशित मिति : 10:32 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि