१६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन



ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला प्रथम भएको हो ।

प्रथम भए सँगै मैवाखोलाले २३ स्वर्ण, २० रजत र १२ कास्य गरी कुल ५५ पदक प्राप्त गरेको छ । आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । आठराई त्रिवेणीले १३ स्वर्ण १३ रजत र २१ कास्य गरी जम्मा ४७ पदक आफ्नो नाममा गराउन सफल भएको छ । 

यस्तै ११ स्वर्ण, आठ रजत र २३ कास्य गरी जम्मा ४२ पदक हात पार्दै फुङलिङ नगरपालिका तेस्रो बन्न सफल भएको छ । प्रतियोगिता समन्वयको भूमिका निर्वाह गरेको सिदिङ्वा गाउँपालिका भने चौथो बनेको छ । उक्त गाउँपालिकाले नौ स्वर्ण, १२ रजत र १६ कास्य गरी जम्मा ३७ पदक आफ्नो नाममा गर्न सफल भएको छ । 

पाँचौँ बनेको मेरिङदेन गाउँपालिकाले कुल १५ पदक जित्दा चार स्वर्ण, पाँच रजत र छ कास्य प्राप्त गरेको छ । मिक्वाखोलाले तीन स्वर्ण, पाँच रजत र १७ कास्य जित्दै २५ पदक जोडी छैटौँ बनेको छ । सिरिजङ्घा गाउँपालिका प्रतियोगितामा सातौँ बनेको छ । सिरिजङ्घाले दुई स्वर्ण, एक रजत र पाँच कास्य गरि नौ पदक जितेको छ । 

एक स्वर्ण, दुई रजत र दुई काश्य गरी जम्मा पाँच पदक जितेको पाथिभरा याङ्वरक गाउँपालिका ८औं बन्न सफल भएको छ । अन्तिम तथा नवौँ बनेको फक्ताङलुङ गाउँपालिका पदक विहीन बनेको छ । गत माघ २३ बाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । 

जिल्लाका नौ वटै पालिकाका विभिन्न विद्यालयहरू सहभागी रहेका थिए । प्रतियोगितामा कुल दुई सय ३४ पदकका लागि स्पर्धा भएको आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष गणेश माबोले जानकारी दिनुभयो । 

प्रकाशित मिति : 5:33 am

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको