आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न



ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय उत्पन्न भएको विवाद, असमझदारी र अन्योलताको विषयमा पारस्परिक छलफल तथा खुला अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ। आङबुहाङ वंश प्रतिष्ठान मोरङको आयोजनामा चाँगे माध्यमिक विद्यालयको सभाहलमा उक्त बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

मुल भूमी, थातथलो नेसुन (चाँगे-चेङ्या), हाङपाङ र सोबुवामा बसोबास गर्ने आङबुहाङ वंश परिवारका दाजुभाइहरूबीच वंश, इतिहास र अस्तित्वसँग सम्बन्धित विषयमा उठेका विभिन्न प्रश्नहरूमा साझा धारणा बनाउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानको तदर्थ समिति संयोजक खगेन्द्र आङबुहाङको अगुवाइमा सम्पन्न कार्यक्रममा संयोजक आङबुहाङले राजा थिन्दोलुङ खो याहाङ पछिका १३ औँ पुस्ता नामाहाङका सन्ततीका रूपमा आङबुहाङ वंश परिवारको गौरवशाली इतिहास, पुर्खाहरूको वीरता र अभूतपूर्व योगदानबाट प्राप्त ऐतिहासिक विरासतलाई जोगाउनु सबैको साझा दायित्व भएको ताउनुभयो । उहाँले समयक्रमसँगै विभिन्न भूगोलमा छरिएर बसोबास गरिरहेका आङबुहाङ वंश दाजुभाइबीच एकता, भाइचारा र सद्भाव अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संयोजक आङबुहाङले विगत लामो समयदेखि विश्वास गरिएका केही अग्रज व्यक्तिहरूको गलत सोच, अकर्मण्यता र असन्तुलित कदमका कारण सम्पूर्ण आङबुहाङ वंश परिवारमा अन्योल र विवाद सिर्जना भएकोप्रति दुःख व्यक्त गर्नुभयो । वंशावली तथा इतिहास लेखन तथ्य र प्रमाणको आधारमा हुनुपर्ने उल्लेख गर्दै अप्रमाणित विषयहरूमा छलफल, परामर्श र सहमतिबाट मात्र निष्कर्षमा पुग्नुपर्ने उहाँको भनाइ थियो । इतिहासलाई मनोमानी ढंगले तोडमोड गर्नु र वंशको इतिहास बिगार्नु क्षम्य नहुने पनि उहाँले स्पष्ट पर्नुभयो ।

कार्यक्रममा वंशावली लेखन र प्रकाशनका सन्दर्भमा विक्रम संवत् २०८२ भदौ २८ गते धरानमा बहुसंख्यक वंश दाजुभाइलाई बहिष्कार गरी गरिएको कथित गतिविधि र सोही कदमलाई अनुमोदन गर्न विक्रम संवत् २०८२ पौष २३ गते गरिएको भनिएको साधारण सभाप्रति समेत गम्भीर असन्तुष्टि व्यक्त गरियो । ती गतिविधिले वंशभित्रको एकता, सद्भाव, आन्तरिक लोकतन्त्र र न्यूनतम विधि–प्रक्रियाको समेत उल्लंघन गरेको सहभागीहरूको धारणा थियो ।

थिन्दोलुङ खो याहाङ वंशज संघ, केन्द्रीय समितीले समेत उक्त कदमलाई मान्यता नदिएको स्पष्ट भइसकेको अवस्थामा वंशभित्र उत्पन्न विवाद समाधानका लागि खुला छलफल आवश्यक ठानी कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : 6:20 am

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत