समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण



ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । समाजसेवी तथा नियान्स कन्सट्रकसन प्रालिका प्रोपराईटर निशान लिम्बू (कुमार) ले फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमस्थित श्री सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

समाजसेवी लिम्बूले ६० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नु भएको श्री सिबु आधारभूत विद्यालयले जनाएको छ । यो जाडो याममा विद्यार्थीहरूलाई केही राहत मिलोस् भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको समाजसेवी लिम्बूको भनाई छ ।

यस्तै विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरी सहयोग गर्नुभएकोमा समाजसेवी लिम्बूलाई विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : 6:42 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज