अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु



ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको छ । मिक्वाखोला गाउँपालिकामा निर्माणाधीन ३१.९२ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको सुरुङ मार्ग खन्ने कार्य सुरु गरिएको हो । 

आयोजनाका लागि मेन एक्सिस टनेल र भेन्टिलेसन मार्गका लागि ब्लास्टिङ गरी सुरुङ मार्ग निर्माण कार्य सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार करिव ४ किलोमिटर लामो सुरुङ मार्ग हुने छ । 

सुरुङ मार्ग प्रदेशसभा सदस्य तिलकुमार मेन्याङवो, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, मिक्वाखोला–४ र ५ का जनप्रतिनिधि सहितको उपस्थितिमा खन्ने कार्य गरिएको हो । सुरुङ मार्ग निर्माण एक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको जनसम्पर्क अधिकृत गौतमले बताउनुभयो । 

करिव ६ अर्ब ३७ करोड रुपियाँ लागतमा निर्माण हुने आयोजनाको प्रवर्द्धक सौर्य होल्डिङ कम्पनी प्रालि रहेको छ । आयोजना निर्माणको निर्माण कार्य ३ वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : 6:26 am

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)