हुलाक कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम



ताप्लेजुङ, माघ १६ गते । कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि जिल्ला हुलाक कार्यालय ताप्लेजुङले तालिमको सुरुवात गरेको छ । हुलाक सेवालाई प्रभावकारी रूपले सञ्चालन गर्ने उद्देश्यले कार्यालयले प्रदान गर्ने तालिमको सुरुवात गरिएको हो ।

बिहीबार आजबाट सुरु भएको तालिम आगामी माघ १९ गतेसम्म जारी रहने कार्यालयका सूचना अधिकारी नवराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्युप्टर सम्बन्धी क्षमता अभिवृद्धि तीन दिनको र सेवा प्रवाह सम्बन्धी प्रशिक्षण दुई गरि पाँच दिनको तालिम सुरु गरिएको हो ।

जिल्ला हुलाक कार्यालय, पालिका हुलाक र फुङलिङ काउण्टरमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिको लागि तालिमको आयोजना गरिएको कार्यालय प्रमुख हेमराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार तालिममा ३० जना कर्मचारीको सहभागिता रहेको छ ।

तालिमको उद्‌घाटन सत्रमा पालिका हुलाकका कर्मचारीले आफ्ना क्षेत्रमा भएका समस्याहरू समेत प्रस्तुत गरेका थिए । प्राप्त भएका चिठीपत्रहरू बुझाउने क्रममा आउने समस्याहरूको सङ्कलन गरि समाधानका लागि उपाय प्रदान गर्ने उद्देश्य तालिमको रहेको प्रमुख पाण्डेको भनाई थियो ।

कार्यक्रमको उद्‌घाटन सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको प्रमुख आतिथ्यता गरिएको छ ।

प्रकाशित मिति : 6:57 am

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा