फक्ताङ्लुङद्वारा उच्च शिक्षा र प्राविधिकका विद्यार्थीलाई छात्रवृति



सौगात विष्ट
ताप्लेजुङ, माघ १६ गते ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पालिकाका भित्रका उच्च शिक्षा र प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने भएको छ । फाक्ताङलुङ गाउँपालिकामा स्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरूलाई पालिकाले छात्रवृति प्रदान गर्ने भएको हो ।

जिल्ला भित्रका जुनसुकै सामुदायिक तथा सरकारी विद्यालयमा  अध्ययन गर्न पाउने गरि शैक्षिक छात्रवृतिको ब्यवस्था गरिएको  फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्तिले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त छात्रवृति आर्थिक वर्ष २०८२/८३ को शिक्षा क्षेत्रको स्वीकृत नीति तथा कार्यक्रम अन्र्तगत प्रदान गरिने भएको हो । 

विहीबार जिल्लास्थित पाथिभरा क्याम्पसका विद्यार्थीहरू सँगको अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष लिम्बुले उच्च शिक्षा आर्जन गर्ने विद्यार्थीलाई निशुल्क र एसईई उत्रिर्ण गरि प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको लागी ५० प्रतिशत छात्रवृति प्रदान गरिने बताउनुभयो । शिक्षामा लगानी गरेमा मात्र देशको विकासले गति लिने उहाँको भनाई थियो । 

यस्तै आगामी दिनहरूमा समेत यसलाई निरन्तरता दिने अध्यक्ष लिम्बुको भनाई छ । पालिकाले यस अघिनै सूचना जारी गर्दै छात्रवृतिको लागी आवेदन दिन अनुरोध गरेको छ । 

प्रकाशित मिति : 6:52 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी