ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन



ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० जनाले आवेदन दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागी ९५० जनाले आवेदन दिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ८९४ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घामा ५६ जना गरी जम्मा ९५० जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङका लागी ८९२ जना निर्वाचन प्रहरीको माग गरिएको थियो । 

माघ १ गते सम्मको लागी आवेदन खुला गरिएको पति माग अनुसार आवेदन नपरेकाले पुनः माघ ३ गते सम्मको लागी म्याद थप गरिएको थियो । अब सोमबारदेखि बुधबारसम्म आवेदकहरूको प्रारम्भिक शारीरिक परिक्षण सुरु गरिने सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक जट्टा शंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आवेदकले नागरिकता र प्रवेश पत्र सहित उपस्थित हुनु पर्ने छ ।

आवेदकको परीक्षा भानु जन माविको खेल मैदानमा सञ्चालन गरिने छ । 

प्रकाशित मिति : 5:57 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा