ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट ताप्लेजुङमा खेलप्रसाद बूढाक्षेत्री ‘पराग’को उम्मेद्वारी पक्का भएको छ । शनिबार पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट हस्तान्तरण गर्नुभएका सँगै ‘पराग’को उम्मेद्वारी पक्का भएको हो ।
पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका ‘पराग’ जिल्लाबाट एकल सिफारिस हुनुभएको थियो । ‘पराग’ गत २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन काङ्ग्रेस-माओवादी गठबन्धनबाट साझा उम्मेद्वार हुनुभएको थियो ।
तर, उहाँ एमाले उपमहासचिव योगेश भट्टराई सँग २०८ को झिनो मतान्तरले पराजित हुनुभएको थियो । नेता ‘पराग’ ले उम्मेदवारीका लागि सिफारिस भएबाट नै जिल्लामा निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिनुभएको छ ।






प्रतिक्रिया