ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  



ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट ताप्लेजुङमा खेलप्रसाद बूढाक्षेत्री  ‘पराग’को  उम्मेद्वारी पक्का भएको छ । शनिबार पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकट हस्तान्तरण गर्नुभएका सँगै ‘पराग’को उम्मेद्वारी पक्का भएको हो । 

पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका  ‘पराग’ जिल्लाबाट एकल सिफारिस हुनुभएको थियो । ‘पराग’ गत २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन काङ्ग्रेस-माओवादी गठबन्धनबाट साझा उम्मेद्वार हुनुभएको थियो । 

तर, उहाँ एमाले उपमहासचिव योगेश भट्टराई सँग २०८ को झिनो मतान्तरले पराजित हुनुभएको थियो । नेता ‘पराग’ ले उम्मेदवारीका लागि सिफारिस भएबाट नै जिल्लामा निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिनुभएको छ । 
 

प्रकाशित मिति : 6:52 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी