रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 



ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम सुरु भएको हो । 

विहिबारबाट सुरु भएको तालिम फक्ताङलुङ गाउँपालिका–३ सिंवामा अवस्थित सिंवा माध्यमिक विद्यालयमा ७ दिन सम्म चल्ने छ । फक्ताङलुङ गाउँपालिकाका वडा नं १ सावादिन, वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिमका विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि संयुक्त रुपमा तालिम आयोजना गरिएको रिड नेपालका ताप्लेजुङ प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । 

फक्ताङलुङ गाउँपालिकाका तीनवटा रिड नेपालको भर्खरै कार्यक्षेत्र बिस्तार हुँदा रिडको कार्यक्षेत्रमा समेटिएका हुन् । कार्यक्षेत्रमा बिस्तार भएपछि सेवा क्षेत्रका शिक्षकहरूका लागि पहिलोपटक यस्तो तालिमको आयोजना गरिएको रिड नेपालका शिक्षा विकास अधिकृत अमृता थलङले जानकारी दिनुभयो । 

कार्यक्षेत्र बिस्तार हुनुभन्दा अघि रिड नेपालले फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ इखाबु, वडा नं ५ तापेथोक, वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन, ७ खेवाङ र ६ मामाङ्खेका विद्यालयहरूमा काम गर्दै आएको थियो ।

हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा फक्ताङलुङ गाउँपालिकासँग समन्वय गरेर रिड नेपालले ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रका विद्यालयहरूमा सीप विकास, पूर्वाधार विकास र दक्षता विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

प्रकाशित मिति : 6:03 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा