पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा



ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको केबुलकार निर्माणको विरुद्धमा फेरी आन्दोलनको घोषणा गरिएको छ । शुक्रबार फुङलिङमा मुक्कुमलुङ तान्सेप फासिङ चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो ।

विभिन्न दल सहित २३ संस्थाहरुद्धारा गरिने आन्दोलन आगामी पुस २२ गतेदेखि मिति २०८२ साल माघ २० गते सम्म हुने छ । जसमा पुस २२ गते सबै जिल्लाका गाउँघरमा भेला भई छलफल गरिने पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले जानकारी दिनुभयो ।

यस्तै माघ १२ गते पूर्वका विभिन्न जिल्लामा कोण सभा, माघ १४ गते मेची राजमार्ग र तमोर करिडोरमा विरोध प्रदर्शन, माघ १६ गते फुङलिङमा जनप्रदर्शन र कोणसभा, माघ १७ गते आन्दोलनमा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको संयोजक फेम्बूले बताउनुभयो । माघ १८ गते पाथीभरा क्षेत्रको कान्छी थानदेखी पाथीभरा (मुक्कुमलुङ) सम्म धागो टाङ्ग्ने कार्यक्रम रहेको छ ।

माघ १९ गते पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा विरोध प्रदर्शन र माघ २० विभिन्न जिल्लाका नगरपालिका, गाउँपालिका, वडामा निर्वाचनको एजेन्डा बनाएर अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

विगत ६ वर्षदेखि भइरहेको आन्दोलनलाई निरन्तरता दिन आन्दोलनका विभिन्न कार्यक्रम घोषण गरिएको मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री लिम्बूले बताउनुभयो ।

प्रकाशित मिति : 3:47 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर