प्रतिनीधि सभा चुनाव : ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता कायम




रेडियो काबेली
ताप्लेजुङ । आगामी फाल्गुण २१ गते हुने प्रतिनीधि सभा चुनावमा ताप्लेजुङबाट सहभागी हुने मतदाताको संख्या ९० हजार ३ सय २७ मतदाता कायम भएको छ । जसमा पुरुष ४८ हजार २ सय ८५ र महिला ४२ हजार ४२ जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सुचना अधिकारी वान्दबराज दुलाल (विपिन)ले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकामा १८ हजार १ सय ९० र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाम ६ हजार ९ सय ४८ जना रहेका छन् ।

त्यस्तै सिरिजंघा गाउँपालिकामा ११ हजार ६ सय ६४ जना, पाथीभरा याङवरक गाउँपालिकाम ९ हजार ७ सय ४१ जना, सिदिङवा गाउँपालिकामा ८ हजार ९ सय १५ जना, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय जना,आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ५ सय १ जना, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोलामा ७ हजार ४ सय ५६ जना मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि जिल्लामा ८० मतदान स्थल र १२७ मतदान केन्द्र तोकिएको छ ।

केन्द्रिय निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य चुनावमा देशभर बाट भने जम्मा १ करोड ८९ लाख ३ हजार ६ स ८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जनाएको छ । मतदाताले नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ । आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।


अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९ सय ६७ मतदातास्थलमा २३ हजार १ सय १२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो चुनावमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या ८ सय ८५ बढेको छ ।

प्रकाशित मिति : 9:15 pm

प्रतिनीधि सभा चुनाव : ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता कायम

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुण २१ गते हुने प्रतिनीधि सभा

२०५५ को भानुजन माविको एसएलसी व्याचद्धारा फुङलिङ आधारभुत विद्यालयका विधार्थीलाई न्यानो कपडा वितरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा–३ मा अवस्थित फुङलिङ आधारभुत

तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य २२ प्रतिशत 

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा

भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टीको आर्थिक सहयोग 

सौगात विष्टताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने

ताप्लेजुङ, पुस १२ गते । लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी