प्रतिनीधि सभा चुनाव : ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता कायम




रेडियो काबेली
ताप्लेजुङ । आगामी फाल्गुण २१ गते हुने प्रतिनीधि सभा चुनावमा ताप्लेजुङबाट सहभागी हुने मतदाताको संख्या ९० हजार ३ सय २७ मतदाता कायम भएको छ । जसमा पुरुष ४८ हजार २ सय ८५ र महिला ४२ हजार ४२ जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सुचना अधिकारी वान्दबराज दुलाल (विपिन)ले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी फुङलिङ नगरपालिकामा १८ हजार १ सय ९० र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाम ६ हजार ९ सय ४८ जना रहेका छन् ।

त्यस्तै सिरिजंघा गाउँपालिकामा ११ हजार ६ सय ६४ जना, पाथीभरा याङवरक गाउँपालिकाम ९ हजार ७ सय ४१ जना, सिदिङवा गाउँपालिकामा ८ हजार ९ सय १५ जना, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय जना,आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ५ सय १ जना, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोलामा ७ हजार ४ सय ५६ जना मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ । अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि जिल्लामा ८० मतदान स्थल र १२७ मतदान केन्द्र तोकिएको छ ।

केन्द्रिय निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य चुनावमा देशभर बाट भने जम्मा १ करोड ८९ लाख ३ हजार ६ स ८९ जना मतदाताले भाग लिने भएका छन् । निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दै ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता चुनावमा सहभागी हुने जनाएको छ । मतदाताले नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ । आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।


अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९ सय ६७ मतदातास्थलमा २३ हजार १ सय १२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो चुनावमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या ८ सय ८५ बढेको छ ।

प्रकाशित मिति : 9:15 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको