रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा–३ मा अवस्थित फुङलिङ आधारभुत विद्यालयका विधार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आईतबार वि.सं. २०५५ को भानुजन माविको एसएलसी व्याचका विधार्थीहरुले उक्त विद्यालयका २० जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।
शैलेन्द्र थेबे, दिपक घिमिरे, रमेश गौतम, केबल मादेन, किरण मादेन, नरेन्द्र मादेन, मिलन गुरुङ लगायत देश बाहिर रहेका अन्य साथीहरु मिलेर बिधार्थीहरुको लागि न्यानो कपडा ट्रयाक सुट, सुईटर र झोला गरि करिब ६० हजार बराबरको सामाग्री वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक हर्क पालुङवाले जानकारी दिनुभयो ।
विधार्थीहरुलाई जाडोमा न्यानो भई पढाईमा सहजता होस भन्ने उद्धेश्यले न्यानो कपडा र किताब बोक्न सहज होस भन्ने उद्धेश्यले झोला वितरण गरिएको सहयोग गर्ने २०५५ को भानुजन माविको एसएलसी व्याचका किरण मादेनले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रध्यानाध्यापक पालुङवाले बालबालिकाहरुलाई सम्झी सहयोग गर्नुभएको भन्दै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।






प्रतिक्रिया