२०५५ को भानुजन माविको एसएलसी व्याचद्धारा फुङलिङ आधारभुत विद्यालयका विधार्थीलाई न्यानो कपडा वितरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा–३ मा अवस्थित फुङलिङ आधारभुत विद्यालयका विधार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आईतबार वि.सं. २०५५ को भानुजन माविको एसएलसी व्याचका विधार्थीहरुले उक्त विद्यालयका २० जना विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

शैलेन्द्र थेबे, दिपक घिमिरे, रमेश गौतम, केबल मादेन, किरण मादेन, नरेन्द्र मादेन, मिलन गुरुङ लगायत देश बाहिर रहेका अन्य साथीहरु मिलेर बिधार्थीहरुको लागि न्यानो कपडा ट्रयाक सुट, सुईटर र झोला गरि करिब ६० हजार बराबरको सामाग्री वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक हर्क पालुङवाले जानकारी दिनुभयो ।

विधार्थीहरुलाई जाडोमा न्यानो भई पढाईमा सहजता होस भन्ने उद्धेश्यले न्यानो कपडा र किताब बोक्न सहज होस भन्ने उद्धेश्यले झोला वितरण गरिएको सहयोग गर्ने २०५५ को भानुजन माविको एसएलसी व्याचका किरण मादेनले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रध्यानाध्यापक पालुङवाले बालबालिकाहरुलाई सम्झी सहयोग गर्नुभएको भन्दै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 7:35 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी