भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टीको आर्थिक सहयोग 



सौगात विष्ट
ताप्लेजुङ, पुस १३ गते ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आर्थिक सहयोग गरेको छ । पार्टीले आगलागी पीडित लक्ष्मी तामाङलाई नगद १५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । 

आगलागी पीडित तामाङलाई सान्त्वना स्वरुप थोरै आर्थिक सहयोग गरिएको नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य खेल प्रसाद बुडाक्षेत्री परागले बताउँनुभयो । एकता सन्देश सभाको सिलसिलामा सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भन्ज्याङ बजार पुग्नु भएका नेता बुडाक्षेत्री लगायतका कार्यकर्ताहरूले तामाङलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो । 

गत मंसिर १२ गते साँझ तामाङको घरमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको थियो । विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी हुँदा टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको थियो । 

प्रकाशित मिति : 4:39 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी