हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने



ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी राहत उपलब्ध गराउन पहल गरिने भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ र १० मा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी कानुन बमोजिम सम्बन्धित निकायबाट राहत उपलब्ध गराउन पहल गरिने भएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको उपस्थितिमा शुक्रबार बसेको सरोकारवालाको बैठकले राहत उपलब्धताको पहल सहित रोकथाम तथा नियन्त्रण गरिने निर्णय गरेको हो । भालुको आक्रमण नियन्त्रणका लागि फुङलिङ नगरपालिका सहितका सबै स्थानीय तह, डिभिजन वन कार्यालय, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीयवासीहरूले जिल्लास्थित सुरक्षा निकायको समन्वयमा नियन्त्रणका लागि कार्ययोजना बनाई सबै उपाय अवलम्बन गर्ने निर्णय भएको प्रजिअ सेढाईंले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सुरक्षा निकायको समन्वयमा जन तथा पशु धनको सुरक्षाका लागि नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने निर्णय भएको छ । विगत केही साता यता फुङलिङ–९ हाङ्देवा र फुङलिङ–१० फुरुम्बूमा गरी ८ घरधनीका १३ वटा पशु चौपायामा भालुले आक्रमण गरी क्षति पु¥याएको डिभिजन वन कार्यालयले जनाएको छ । 

भालुको सम्भावित आक्रमण विरुद्ध साइनर प्रयोग गर्ने देखि सम्भावित नाकाहरूमा ठूलो प्रकृतिको विद्युत बत्ती बाल्ने सम्मका विषयलाई नियन्त्रणको रुपमा उपयोग गर्न सकिने बारेमा समेत छलफल भएको प्रजिअ सेढाईंले जानकारी दिए । 

प्रकाशित मिति : 6:39 am

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने