हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने



ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी राहत उपलब्ध गराउन पहल गरिने भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ र १० मा भालुले पशुचौपायामा गरेको क्षतिको विवरण सङ्कलन गरी कानुन बमोजिम सम्बन्धित निकायबाट राहत उपलब्ध गराउन पहल गरिने भएको छ । 

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको उपस्थितिमा शुक्रबार बसेको सरोकारवालाको बैठकले राहत उपलब्धताको पहल सहित रोकथाम तथा नियन्त्रण गरिने निर्णय गरेको हो । भालुको आक्रमण नियन्त्रणका लागि फुङलिङ नगरपालिका सहितका सबै स्थानीय तह, डिभिजन वन कार्यालय, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीयवासीहरूले जिल्लास्थित सुरक्षा निकायको समन्वयमा नियन्त्रणका लागि कार्ययोजना बनाई सबै उपाय अवलम्बन गर्ने निर्णय भएको प्रजिअ सेढाईंले जानकारी दिनुभयो । 

उहाँका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सुरक्षा निकायको समन्वयमा जन तथा पशु धनको सुरक्षाका लागि नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने निर्णय भएको छ । विगत केही साता यता फुङलिङ–९ हाङ्देवा र फुङलिङ–१० फुरुम्बूमा गरी ८ घरधनीका १३ वटा पशु चौपायामा भालुले आक्रमण गरी क्षति पु¥याएको डिभिजन वन कार्यालयले जनाएको छ । 

भालुको सम्भावित आक्रमण विरुद्ध साइनर प्रयोग गर्ने देखि सम्भावित नाकाहरूमा ठूलो प्रकृतिको विद्युत बत्ती बाल्ने सम्मका विषयलाई नियन्त्रणको रुपमा उपयोग गर्न सकिने बारेमा समेत छलफल भएको प्रजिअ सेढाईंले जानकारी दिए । 

प्रकाशित मिति : 6:39 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा