सौगात विष्ट
ताप्लेजुङ, पुस १० गते । पाथिभरा बहुमुखी क्याम्पस ताप्लेजुङले खुला डिजिटल वत्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन पाथिभरा बहुमुखी क्याम्पसले पाथिभरा क्षेत्र विकास समितिको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
पाथिभरा देवी श्रद्धा संस्कृति र पर्यटनको केन्द्र शीर्षकमा खुला डिजिटल वत्तृत्वकला प्रतियोगिता सञ्चालन हुने स्वतन्त्र विद्यार्थी युनियन पाथिभरा बहुमुखी क्याम्पसका अध्यक्ष तिलकुमार जोगीले जानकारी दिनुभयो ।
प्रसिद्ध धार्मिक स्थल र भक्तजनहरूको आस्थाको केन्द्र पाथिभरा क्षेत्रको धार्मिक महत्व, पहिचान तथा पर्यटन सम्भावनालाई थप प्रभावकारी रुपमा प्रबर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजन गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार रुपियाँ सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ । यस्तै द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमश नगद १५ हजार र १० हजार रुपियाँ सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ ।






प्रतिक्रिया