हर्कमान दिलमाया शंखर प्रतिष्ठानको स्मृति दिवसको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री बितरण



ताप्लेजुङ, पुस ५ गते । हर्कमान दिलमाया शंखर प्रतिष्ठानको स्मृति दिवसको अवसरमा शैक्षिक सामाग्री प्रदान गरिएको छ । शनिबार प्रतिष्ठानको पाँचौ स्मृति दिवसका अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामाग्री बितरण गरिएको हो । 

शैक्षिक सामग्री ताप्लेजुङको फुङलिङस्थित शान्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई बितरण गरिएको प्रतिष्ठानका संरक्षक गंगा राम शंखरको भनाई छ । उहाँका अनुसार विद्यालयका उत्कृष्ट विद्यार्थी, प्रत्येक कक्षाका उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गराइएको हो। हर्कमान दिलमाया शंखर स्मृति प्रतिष्ठानले उत्कृष्ट छात्र छात्राहरूलाई छात्रवृत्ति तथा विद्यार्थीहरूलाई शैक्षिक सामाग्री प्रदान गर्न विद्यालयमा १ लाख रुपियाँको अक्षयकोष खडा गरेको छ । 

उक्त कोषको ब्याज रकमबाट छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान गर्ने गरिएको संरक्षक शंखरको भनाई छ । बुबा हर्कबहादुर, आमा दिलमाया तथा श्रीमती दिलमायाको स्मृतिमा फुङलिङ नगर कार्यपालिका सदस्य समेत रहनु भएका शंखर र उहाँको परिवारले विद्यालयमा स्मृति प्रतिष्ठानमार्फत अक्षयकोष खडा गर्नु भएको हो । 

बि. सं. १९७७ सालमा जन्मनु भएका बुबा हर्कबहादुरको २०६४ साल फागुन १५ गते, १९९९ सालमा जन्मनु भएका आमा दिलमायाको २०७२ साल मंसिर २९ गते र २०४१ साल पुस १७ गते जन्मनु भएका श्रीमती दिलमायाको २०७५ साल पुस ५ गते निधन भएको थियो । आमा–बुबा र श्रीमतीको देहान्त पछि आफूले केही सामाजिक काम गर्ने मनसायका साथ प्रतिष्ठान स्थापना गरेर सोही प्रतिष्ठानमार्फत उक्त विद्यालयमा अक्षयकोष खडा गरिएको शंखरले जानकारी दिनुभयो ।  

कार्यक्रम फुङ्लिङ नगरपालिका वडा नं. २ का अध्यक्ष मोहन न्यौपानेको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : 6:18 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी