जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ



ताप्लेजुङ, मंसिर २६ गते । जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धाराको जगन्थान देवल कारागार कार्यालयबाट परार भएका मिक्वाखोला गाउँपालिका–१ प्रदिप लुङ्वा भन्ने शङ्कर लिम्बू पक्राउ परेका हुन् ।

लिम्बू कर्तव्य ज्यान मुद्दामा अदालतले १० वर्ष कैद सजाय सुनाई भुक्तान गरिरहेको सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ३४ वर्षीय लिम्बूलाई शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिका–५, बिरेन्द्र चौकबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका फरार कैदीलाई आवश्यक कानुनी कारबाही तथा बाँकी सजाय भुक्तान गराउन आजै कारागार कार्यालय ताप्लेजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

प्रकाशित मिति : 5:16 pm

प्रथम सहिद कप : सिरिजङ्गा र सिदिङ्वा फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २० गते । सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका

दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत