नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 



ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी मंसिर २५ गते एकता सन्देश सभा गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मलेनको आयोजना गरि एकता सन्देश सभा गर्ने बारे जानकारी गराइएको हो ।

एकता सन्देश सभामा कार्यकर्ताको प्रशिक्षणमूलक भेला गरिने नेपाली कम्युनिष्ट पार्टीका नेता विष्णु हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार एकता सन्देश भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पूर्व मन्त्री हरिवोल गजुरेल, केन्द्रीय नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई र केन्द्रीय नेता हर्क बहादुर नेम्बाङको उपस्थिति हुने छ ।

कार्यक्रम फुङलिङ बजारको होटल जन्नुइनको सभाहलमा बिहान ११ बजेबाट सञ्चालन हुने बताइएको छ । नेपाली कम्युनिष्ट पार्टी विभिन्न दस वामपन्थी दल र अन्य समूहको एकताबाट गत कात्तिक १९ गते एकताको घोषणा भएको थियो । यो सँगै ताप्लेजुङमा पनि नेपाली कम्युनिष्ट पार्टीले सभा मार्फत एकताको सन्देश दिन लागेको हो । 

प्रकाशित मिति : 5:57 pm

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

मेरिङदेनको नाल्बुस्थित हाङलुङ पार्कमा राष्ट्रिय झण्डा तोलन

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६, नाल्बुमा अवस्थित

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित