पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन



ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई निलम्बन गरेको छ । ताप्लेजुङको ११औँ महाधिवेशन प्रतिनिधि छनोटका निर्वाचन प्रक्रियाको क्रममा साङ्घातिक हमला भएको भन्दै निलम्बन गरेको हो ।

कोशी प्रदेश कमिटीले कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमूलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी उक्त अवधिका लागि निलम्बन गरेको पत्र पठाएको छ ।

महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि साङ्घातिक हमला र निर्वाचन प्रकियामा अवरोध खडा गरेको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख गरिएको छ ।

ताप्लेजुङले महाधिवेशन प्रतिनिधि भने सर्वसम्मत छनौट गरेको थियो ।

प्रकाशित मिति : 6:37 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी