जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश



ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा एमालेमा प्रवेश गर्नुभएको छ । मङ्गलबार दिउँसो एमाले पार्टी कार्यालय पुग्नुभएका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।

लामासँगै मेरिङदेन गाउँपालिका पूर्व प्रवक्ता सूर्य बराइली र अन्य कार्यकर्ता पनि पार्टीमा फर्किनुभएको राष्ट्रिय जनसांस्कृतिक महासङ्घ ताप्लेजुङका अध्यक्ष हेमराज निरौलाले जानकारी दिनुभएको छ । नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुख हुनुभएका लामा एस र माओवादी केन्द्र समेतले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि एमालेमा फर्किनुभएको हो ।

उहाँले विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेको बताउँनुभयो । नेकपा एमाले ताप्लेजुङको घर फर्क राष्ट्रिय अभियानलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अनेरास्ववियु, तत्कालीन माले हुँदै यसअघि पनि एमालेमा रहेको र समय परिस्थितिअनुसार जेनजी आन्दोलनपछि राष्ट्रियता, लोकतन्त्र प्रतिको चिन्तन एमालेमा पाएकाले यसैमा फर्किएका हुँ,” कार्यक्रममा उहाँले भन्नुभयो ।

उहाँले आफूले एमालेमा कुनै पद नमागेको दाबी समेत गर्नुभयो । लामा एमाले विभाजनपछि नेकपा एसको जिल्ला अध्यक्षसमेत हुनुभएको थियो ।

प्रकाशित मिति : 6:09 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी