दोस्रो साङधुङगे माङ्गेन कप : आज चार खेल हुने 



ताप्लेजुङ, मंसिर १५ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेन कप दोस्रो संस्करणमा आज चार खेल हुने भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा आज चार खेल हुने भएको हो । 

आज हुने पहिलो खेलमा लिबाङ र फुङलिङ नगरपालिका बिच भिडन्त हुँदैछ । दोस्रो खेलमा खाम्लुङ र खेजेनिमबिच प्रतिस्पर्धा हुने खेल संयोजक घनेन्द्र लङ्वाले जानकारी दिनुभयो ।  यस्तै तेस्रो खेलमा नल्बु र खैवाखोला–३ साँघु, चौथो खेलमा लिङ्तेम र हाङ्पाङ बिच प्रतिस्पर्धा हुने छ । 

हिजो भएको खेलमा हाङपाङ, फुरुम्बु, सान्थाक्रा र आयोजक विजयी भएका छन् । जसमा पहिलो खेलमा हाङपाङले लिङखिमलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  दोस्रो खेलमा फुरुम्बुले आठराई त्रिवेणी–४ चाँगेलाई पराजित गरको छ । यस्तै तेस्रो खेलमा सान्थाक्राले सिकैँचालाई १–० गोले पराजित गरेको छ । चौथो यानकी आजको अन्तिम खेलमा आयोजकले साँवालाई २–० गोलले पराजित गरेको हो ।  

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो । उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

प्रकाशित मिति : 6:38 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि