दोस्रो साङधुङगे माङ्गेन कपमा लिङतेप र मैवाखोलाको विजयी सुरुवात 



ताप्लेजुङ, मंसिर १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेन कप दोस्रो संस्करणमा लिङ्तप र मैवाखोलाले विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा आयोजकलाई लिङतेप र थिङ्लाबुलाई मैवाखोलाले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो ।

 लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा लिङ्तेपले अयोजकलाई १–० गोल अन्तरले पराजित गरेको छ । यस्तै थिङ्लाबुलाई मैवाखोलाले १–२ गोल अन्तरले पराजित गरेको छ ।

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो । उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

प्रकाशित मिति : 8:33 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ