अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कपको खेल तालिका सार्वजनिक 



ताप्लेजुङ, मंसिर १३ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलन मार्फत ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा सञ्चालन हुने गोल्डकपको खेल तालिका सार्वजनिक भएको हो । 

प्रतियोगितामा मंसिर २३ गते उद्घाटनको दिन आयोजक तेल्लोक स्पोर्टिङ क्लब र रेड हर्स एफ.सि. इलामबिच प्रतिष्पर्धा हुने तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर २४ गते न्यु स्टार क्लब बिर्तामोड, झापाको वाइवाई पाँचथचर एफ.सि. ले सामना गर्ने भएको छ ।

यस्तै मंसिर २७ गते विदेशी टिम पारिजात सङ्घ एफ.सि. भारत र मरिक एफ.सि. धरानबिच प्रतिस्पर्धा हुने छ भने मंसिर २८ गते अन्तिम क्वाटरफाइनमा सागुरिगढि एफ.सि. धनकुटा र म्याङ्लुङ स्पोर्टिङ युवा क्लबको प्रतिस्पर्धा हुने छ । 

तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेला सहित अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । 

प्रतियोगिताको विजेताले नगद ३ लाख ३ सय २१ रुपियाँका साथ ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेताले एक लाख ५० हजार ३ सय २१ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । 

प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपियाँ, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । 

फुटबल प्रतियोगिता सँगै सांस्कृतिक कार्य कार्यक्रम पनि सञ्चालन हुने छ । कार्यक्रम सम्पन्न गर्न करिब ४१ लाख रुपियाँ खच हुने अनुमान गरिएको आयोजकको भनाई छ ।

खेलकुदको माध्यमबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र तेल्लोकको पहिचान स्थापित गर्नुका साथै यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रचार गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । 

पाचौँ संस्करण मानिएको गोल्ड कप गत वर्षबाट अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु भएको हो । 

 

प्रकाशित मिति : 11:29 am

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित