कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिता आजबाट



ताप्लेजुङ, मङ्सिर १३ गते । कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिता आजबाट सुरु हुँदै छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसर आजबाट प्रतियोगिता सुरु हुने भएको हो ।

भानु जन माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता तयारी पुरा भएको चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार आज उद्‌घाटन खेलमा सिरिजङ्गा गाउँपालिका र मैवाखोला गाउँपालिकाबिच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

चासोक तङ्नाम सञ्चालन समिति, कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

प्रकाशित मिति : 6:59 am

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि