दोश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा : पाँचथरको गणेश चोकलाई उपाधिमा अलैँची



ताप्लेजुङ, मंसिर ११ गते । दोश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।

ताप्लेजुङको मिक्वाखोला–४, साँवाको तेम्बा बजारमा आयोजना भएको पर्यटन तथा सांस्कृतिक मेला अन्तर्गत आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा गणेश चोकले ग्रीन भ्याली मेरिङदेन नाल्बुलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस्तै हिमाली तोक्मेगोला युथ क्लबले रेड डेभिल्स इलामलाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

उपाधि सँगै गणेश चोकले नगद ३ लाख २ हजार ८२ रुपियाँ बराबरको अलैँची प्राप्त गरेको छ । यस्तै उपविजेता तोक्पेगोला युथ क्लबले १ लाख ५० हजार ८२ रुपियाँ बराबरको अलैँची प्राप्त गरेको छ ।

गत मंसिर ७ गतेदेखि स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको मेला बिहीबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : 8:02 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि