दोश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा : पाँचथरको गणेश चोकलाई उपाधिमा अलैँची



ताप्लेजुङ, मंसिर ११ गते । दोश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि पाँचथरको गणेश चोकले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै गणेश चोकले उपाधि हात पारेको हो ।

ताप्लेजुङको मिक्वाखोला–४, साँवाको तेम्बा बजारमा आयोजना भएको पर्यटन तथा सांस्कृतिक मेला अन्तर्गत आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा गणेश चोकले ग्रीन भ्याली मेरिङदेन नाल्बुलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यस्तै हिमाली तोक्मेगोला युथ क्लबले रेड डेभिल्स इलामलाई ४–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

उपाधि सँगै गणेश चोकले नगद ३ लाख २ हजार ८२ रुपियाँ बराबरको अलैँची प्राप्त गरेको छ । यस्तै उपविजेता तोक्पेगोला युथ क्लबले १ लाख ५० हजार ८२ रुपियाँ बराबरको अलैँची प्राप्त गरेको छ ।

गत मंसिर ७ गतेदेखि स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको मेला बिहीबार सम्पन्न भएको हो ।

प्रकाशित मिति : 8:02 pm

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई