फक्ताङ्लुङका विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण



ताप्लेजुङ, मंसिर ११ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको दुर्गम तथा विकट गाउँ अम्जिलेसा, ग्याब्ला, फले र घुन्साका लाभग्राहीलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।

गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि र वडासचिवको टोलीले घरघरै पुगेर अशक्त (अपाङ्ग), एकल महिला र ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको हो। दुर्गम तथा विकट गाउँका लाभग्राहीको सहजताका लागि घर टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनुभयो।

अध्यक्ष लिम्बूका अनुसार बैँकसँग समन्वय गरी लाभग्राहीको घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। स्थानीय सरकार जनतासँग प्रत्यक्ष अर्थात नजिक रहेको अनुभूति गराउन साथ दुर्गम क्षेत्रका लाभग्राहीलाई सेवा सुविधा प्राप्त गर्नलाई सहज होस् भन्न उद्देश्यले उनीहरूको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो।

प्रकाशित मिति : 10:49 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन