फक्ताङ्लुङका विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण



ताप्लेजुङ, मंसिर ११ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको दुर्गम तथा विकट गाउँ अम्जिलेसा, ग्याब्ला, फले र घुन्साका लाभग्राहीलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।

गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि र वडासचिवको टोलीले घरघरै पुगेर अशक्त (अपाङ्ग), एकल महिला र ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको हो। दुर्गम तथा विकट गाउँका लाभग्राहीको सहजताका लागि घर टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनुभयो।

अध्यक्ष लिम्बूका अनुसार बैँकसँग समन्वय गरी लाभग्राहीको घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। स्थानीय सरकार जनतासँग प्रत्यक्ष अर्थात नजिक रहेको अनुभूति गराउन साथ दुर्गम क्षेत्रका लाभग्राहीलाई सेवा सुविधा प्राप्त गर्नलाई सहज होस् भन्न उद्देश्यले उनीहरूको घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो।

प्रकाशित मिति : 10:49 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा