ताप्लेजुङ, मंसिर ११ गते । ताप्लेजुङमा श्रम संस्कृति पार्टीको सङ्गठन निर्माणका लागि आज धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई फुङलिङ आउँदै हुनुहुन्छ ।
श्रम संस्कृति पार्टीले आज ताप्लेजुङको फुङलिङ बजारमा रहेको तोक्मे डाँडामा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम दिनको १२ बजेबाट सुरु हुने जिल्ला संयोजक निम तेन्जी शेर्पाले जानकारी दिनुभयो ।
छिमेकी जिल्ला पाँचथर र इलाममा यस अघि नै श्रम संस्कृति पार्टी गठन गरि सकिएको छ । राई नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले समेत आधिकारिक रुपमा दल दर्ताको प्रमाण पत्र उपलब्ध गराएको छ । अहिले राई देश व्यापी रुपमा सङ्गठन बिस्तारका लागि बिभिन्न जिल्ला गइराख्नुभएको छ ।






प्रतिक्रिया