तेम्बामा जारी फुटबल प्रतियोगितामा पाँचथर र इलाम सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङको साँवास्थित तेम्बामा जारी अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलबाट पाँचथर र इलाम सेमिफाइनलमा प्रवेश गरेका छन् । 

दोश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित प्रतियोगिताको पहिलो खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई पाखा लगाउँदै पाँचथरको गणेशचोक टिम सेमिफाइनलमा प्रवेश गरेको हो । ४–२ गोलअन्तरले पराजित गर्दै पाँचथरले विजयी सुरुवात गरेको प्रमुख सल्लाहकार नुपु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोश्रो खेलबाट मानाभरा युथ स्पोर्टिङ क्लब खेजेनिमलाई ५–१ गोलअन्तरले पराजित गर्दै इलामको रेड डेभिल्स क्लब विजयी भएको छ । भोलि सेमिफाइनलको दुईओटै खेल हुँदै छन् । पहिलो खेलमा नाल्बुको ग्रीन भ्याल्ली युवा क्लब भिड्दा दोश्रो खेलमा इलाम र पापुङको हिमाली तोक्पेगोला युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

यो दुई टिमबीचको विजेताले उपाधिका लागि बिहीबार मैदान उत्रने छन् । प्रतियोगिताको विजेतालाई नगद ३ लाख २ हजार ८२ र उपविजेतालाई १ लाख ५० हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 8:59 pm

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म