जेनजी–जेट रेड फोर्स ताप्लेजुङको संयोजकमा रोशन साउदेन



ताप्लेजुङ, मंसिर ९ गते । जेनजी–जेट रेड फोर्स ताप्लेजुङको संयोजकमा रोशन साउदेन चयन हुनुभएको छ । मङ्गलबार केन्द्रीय संयोजक स्मृति तिमल्सिनाको उपस्थितिमा भएको भेलाबाट साउदेनको नेतृत्वमा फोर्स गठन गरिएको हो । फोर्सको सहसंयोजकमा फुकुटी शेर्पा, प्रवक्तामा समिर तिवारी लगायत २१ सदस्यीय फोर्स चयन हो । 

यस्तै भेलाले कोशी प्रदेशको सह–संयोजकमा लागेन लिम्बू र सदस्य सुमन बयलकोटीलाई चयन गरेको छ । जिल्ला सँगै अब पालिकामा पनि फोर्स गठन गरिने भएको छ । जेनजी–जेट रेड फोर्स हाल देशभर गठन भइरहेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि जेनजीका विभिन्न समूहहरू गठन भईरहेका छन् । 

यसअघि नै गोपाल गुरागाँईको नेतृत्व समेत जिल्ला स्तरीय समुह गठन भएको छ । ती समुहले जिल्लाका अधिकांश समस्याहरूको समाधानका लागि प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराइ रहेका छन् । 

प्रकाशित मिति : 8:44 pm

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म