जेनजी–जेट रेड फोर्स ताप्लेजुङको संयोजकमा रोशन साउदेन



ताप्लेजुङ, मंसिर ९ गते । जेनजी–जेट रेड फोर्स ताप्लेजुङको संयोजकमा रोशन साउदेन चयन हुनुभएको छ । मङ्गलबार केन्द्रीय संयोजक स्मृति तिमल्सिनाको उपस्थितिमा भएको भेलाबाट साउदेनको नेतृत्वमा फोर्स गठन गरिएको हो । फोर्सको सहसंयोजकमा फुकुटी शेर्पा, प्रवक्तामा समिर तिवारी लगायत २१ सदस्यीय फोर्स चयन हो । 

यस्तै भेलाले कोशी प्रदेशको सह–संयोजकमा लागेन लिम्बू र सदस्य सुमन बयलकोटीलाई चयन गरेको छ । जिल्ला सँगै अब पालिकामा पनि फोर्स गठन गरिने भएको छ । जेनजी–जेट रेड फोर्स हाल देशभर गठन भइरहेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनपछि जेनजीका विभिन्न समूहहरू गठन भईरहेका छन् । 

यसअघि नै गोपाल गुरागाँईको नेतृत्व समेत जिल्ला स्तरीय समुह गठन भएको छ । ती समुहले जिल्लाका अधिकांश समस्याहरूको समाधानका लागि प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराइ रहेका छन् । 

प्रकाशित मिति : 8:44 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ