श्री सिन्धकाली आधारभूत विद्यालयको इन्टरलक टाइल र पेन्सिल शिलालेख स्तम्भको उद्‌घाटन



ताप्लेजुङ, मंसिर ८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ थिङ्लाबूको श्री सिन्धकाली आधारभूत विद्यालयमा इन्टरलक टाइल र पेन्सिल सिलालेख स्तम्भको उद्‌घाटन गरिएको छ । विभिन्न दाताहरूको सहयोगमा निर्माण सम्पन्न भएको टाइल र स्तम्भको उद्‌घाटन गरिएको हो ।

६ लाख ६४ हजार रुपियाँमा टाइल र स्तम्भको निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक सन्त कुमार चोङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टाइल र स्तम्भ निर्माण गर्नका लागि स्वा. बुबा मुखिया एभेङ र आमा बृखमति नयोङ एभेङको स्मृतिमा छोरा शमशेर एभेङले एक लाख ६ हजार २०० रुपियाँ सहयोग गर्नुभएको छ ।

स्वा. बुबा जस बहादुर खेवाको स्मृतिमा छोरा टङ्क प्रसाद खेवाले एक लाख ६ हजार २०० र स्वा. लाल बहादुर एभेङ र दिलमाया लिम्बूको स्मृतिमा छोरा चन्द्रमान एभेङले एक लाख ५ रुपियाँ सहयोग गर्नु भएको छ । यस्तै स्वा. बुबा मैत बहादुर एभेङ र आमा सुख रानी लिम्बूको स्मृतिमा छोरा टेक बहादुर एभेङले एक लाख रुपियाँ र स्वा. श्रीमान रनहाङ चोङबाङक्याक र दिदी बसन्ती चोङबाङक्याकको स्मृतिमा श्रीमती चित्रमाया वनेम चोङबाङक्याकले एक लाख रुपियाँ सहयोग गर्नुभएको प्रधानाध्यापक लिम्बूको भनाई छ ।

साथै सिर्जना योङहाङले २५ हजार रुपियाँ र धनहाङ ओख्राबूले २१ हजार २४० रुपियाँ गरी जम्मा ५ लाख ८६ हजार ४५ रुपियाँ सहयोग रकम उपलब्ध भएको र बाँकी ४७ हजार ७५५ रुपियाँ विद्यालयबाट गरी जम्मा ६ लाख ६४ हजार रुपियाँमा निर्माण कार्य सम्पन्न भएको प्रधानाध्यापक लिम्बूले बताउनुभयो ।

सोमबार सम्पन्न भएको उद्‌घाटन समारोह बेलायत निवासी जगत चोङबाङक्याकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस्तै कार्यक्रममा मेरिङदेन गाउँपालिका शिक्षा शाखा संयोजक तेज कुमार चोङबाङ र मेरिङदेन गाउँपालिका–१ का वडा अध्यक्ष सविन चोङबाङको उपस्थिति रहेको थियो ।

यस्तै उद्‌घाटन समारोहका लागि स्वा.लाल बहादुर एभेङको स्मृतिमा चन्द्र मान एभेङको परिवारबाट ४५ हजार रुपियाँ बराबरको खाजा उपलब्ध भएको छ ।

प्रकाशित मिति : 7:58 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ