अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने



ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता तथा सिरिजङ्गा मेला २०८२ सञ्चालन हुने भएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ४ तेल्लोकमा गोल्ड कप तथा मेला सञ्चालन हुने भएको हो । 

विहीबार फुङलिङ स्थित पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता तथा मेला आगामी मङ्सिर २३ गते देखि २९ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी गराएको छ । तेल्लोक स्पोर्टिङ क्लबको आयोजनामा किराँत लिम्बू लिपिका प्रचारक, सिरिजङ्गा लिपि र याक्थुङ संस्कृतिका प्रणेता सिरिजङ्गा सिंह थेबेको जन्म जयन्तीको अवसर पारेर सिरिजङ्गा मेला सहित अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । 

यो सँगै खेलकुदको माध्यमबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र तेल्लोकको पहिचान स्थापित गर्नुका साथै यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार प्रचार गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । उहाँका अनुसार पाचौँ संस्करण मानिएको गोल्ड कप गत वर्षबाट अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सुरु भएको हो । 

यस वर्ष प्रतियोगितामा विदेश टिम सहित ८ टिमले सहभागिता जनाउँदै छन् । जसमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब, न्यू स्टार फुटबल क्लब झापा, पारिजात सङ्घ फुटबल क्लब, सिलगुढी भारत, रेडहर्ष फुटबल क्लब इलाम, वाइवाई पाँचथर क्लब पाँचथर, साँगुरीगढी फुटबल क्लब धनकुटा, मरिक एफ सि धरान र म्याङलुङ स्पोर्टिङ क्लब तेह्रथुमको सहभागिता रहने छ । यस्तै प्रतियोगिताको विजेताले नगद ३ लाख ३ सय २१ रुपियाँका साथ ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ । उपविजेताले एक लाख ५० हजार ३ सय २१ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् । 

प्रतियोगितामा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपियाँ, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हाजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । फुटबल प्रतियोगिता सँगै सांस्कृतिक कार्य कार्यक्रम पनि सञ्चालन हुने छ । कार्यक्रम सम्पन्न गर्न करिब ४१ लाख रुपियाँ खच हुने अनुमान गरिएको आयोजकको भनाई छ । 

प्रकाशित मिति : 9:00 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि