मन्त्र ब्याण्ड ताप्लेजुङ आउने



ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको छ । फुङलिङ नगरपालिका–४ भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने लाइभ कन्सर्टका लागि भारत दार्जिलिङको ब्याण्ड ताप्लेजुङ आउने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलन मार्फत ङावोरक सङ्जुम्बो फुङ्लेङ्को आयोजनामा सामुदायिक भवन निर्माणका लागि उक्त लाइभ कन्सर्ट गर्न लागिएको कार्यक्रम संयोजक तारानाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका–४ माछापोखरी टोलमा भवन निर्माणको कार्य सुरु गरिएको छ ।

करिब एक करोड ५० लाख रुपियाँमा निर्माण कार्य सकिने उक्त भवनको जग्गा खरिदका लागि १२ लाख आवश्यक परेको कोषध्यक्ष राजदिप मादेनले बताउँनुभयो । अहिले जग्गा धनीलाई करिब एक लाख रुपियाँ प्रदान गरि भवनको निर्माण कार्य धमाधम भइरहेको मादेनको भनाई छ ।

लाइभ कन्सर्ट आगामी असोज २१ गते हुने भएको छ । कन्सर्टमा मन्त्र व्याण्ड सँगै ताप्लेजुङकै मातृभूमि ब्याण्डको पनि प्रस्तुती रहने ङावोरक सङ्जुम्बो फुङ्लेङले जनाएको छ । उक्त कन्सर्टका लागि टिकट दर न्यूनतम ५०० रुपियाँ निर्धारण गरिएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि १५ लाख ५०० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 6:28 pm

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था

तोक्मेडाँडामा यात्रु सहायता कक्ष सञ्चालन

ताप्लेजुङ, असोज १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ तोक्मेडाँडामा यात्रुको

कांग्रेस महाधिवेशनका लागि ताप्लेजुङबाट ३२ प्रतिनिधि चयन

ताप्लेजुङ, असोज १७ गते । नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका

छैटौँ सिरिजङ्गा गोल्डकप मंसिर २३ देखि

ताप्लेजुङ, असोज १६ गते। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको

अरिङ्गाल झार्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ, असोज १५ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–१ का एक