आठराई त्रिवेणीद्वारा लक्ष्य भन्दा दोब्बर बढी राजश्व सङ्कलन



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ । पालिकाले राजश्व सङ्कलनको लक्ष्य ३५ लाख रुपियाँ राखेकोमा ७५ लाख ८० हजार बढि सङ्कलन गरेको हो ।

गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु दिपेनका अनुसार एक वर्षको अवधिमा ७५ लाख ४० हजार ७०१ रुपियाँ ५३ पैसा राजश्व सङ्कलन गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट उक्त राजश्व सङ्कलन गरेको अध्यक्ष पोमूको भनाई छ ।

यस्तै गाउँपालिका आर्थिक वर्ष २०८१–८२ को विनियोजित कुल बजेटको ७६.६५ प्रतिशत खर्च गरेको छ । चालु तर्फ ८४.२ प्रतिशत र पुँजीगत तर्फ ६५.३ प्रतिशत खर्च भएको छ । पालिकाको कुल बजेट ५१ करोड ५३ लाख ५० हजारको चालु तर्फ ५९.९९ प्रतिशत र पुँजीगत तर्फ ४०.०१ प्रतिशत बजेट विनियोजन गरिएको थियो ।

चालु आर्थिक वर्षमा लिम्बूनीपुल चोकपुर हाङ्पाङ जोड्ने सडक, दश शैया अस्पताल, सोबुवा खोला पुल लगायतका ठूला विकास योजनाको सम्झौता अनुसारको काम सम्पन्न नभएको कारण पर्याप्त भुक्तानी हुन नसकेकाले पुँजीगत खर्च अपेक्षा अनुसार हासिल गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 6:20 pm

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी