मैवाखोला गाउँपालिकाको बजेट ४४ करोड ७१ लाख बढी



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ७१ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष कमल कुमारी वनेमले ४४ करोड ७१ लाख १६ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेट मध्ये वित्तिय समानीकरण अन्तरगत सङ्घीय सरकारको नौ करोड ४४ लाख रुपियाँ, प्रदेश वित्तिय समानीकरण अन्तरगत ८५ लाख २५ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । 

सङ्घीय सर्शत अनुदान १७ करोड ९१ लाख रुपियाँ र प्रदेश सर्शत अनुदान अन्तरगत ६६  लाख ८६ हजार रुपियाँ, आन्तरिक आय ६५ लाख रुपियाँ, आन्तरिक आय मौज्दात तीन करोड ७१ लाख पाँच हजार रुपियाँ रहने छ । सङ्घीय राजश्व बाँडफाँड अन्तरगत सात करोड २५ लाख ८७ हजार रुपियाँ, प्रदेश सरकार अन्तरगत राजश्व बाँडफाँड ४४ लाख ३१ हजार रुपियाँ, रहेको छ । 

यस्तै सङ्घीय सरकार अन्तरगतको विषेश अनुदान ६८ लाख रुपियाँ, सङ्घीय सरकार र प्रदेश सरकारको समपूरक अनुदान अन्तरगत क्रमश एक करोड ३९ लाख रुपियाँ र एक करोड ५९ लाख रुपियाँ रहेको छ भने, गैर सरकारी संस्थाहरूबाट १० लाख ३६ हजार रुपियाँ रहने प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 5:47 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन