मैवाखोला गाउँपालिकाको बजेट ४४ करोड ७१ लाख बढी



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ७१ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र साँघुमा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष कमल कुमारी वनेमले ४४ करोड ७१ लाख १६ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ । कुल बजेट मध्ये वित्तिय समानीकरण अन्तरगत सङ्घीय सरकारको नौ करोड ४४ लाख रुपियाँ, प्रदेश वित्तिय समानीकरण अन्तरगत ८५ लाख २५ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । 

सङ्घीय सर्शत अनुदान १७ करोड ९१ लाख रुपियाँ र प्रदेश सर्शत अनुदान अन्तरगत ६६  लाख ८६ हजार रुपियाँ, आन्तरिक आय ६५ लाख रुपियाँ, आन्तरिक आय मौज्दात तीन करोड ७१ लाख पाँच हजार रुपियाँ रहने छ । सङ्घीय राजश्व बाँडफाँड अन्तरगत सात करोड २५ लाख ८७ हजार रुपियाँ, प्रदेश सरकार अन्तरगत राजश्व बाँडफाँड ४४ लाख ३१ हजार रुपियाँ, रहेको छ । 

यस्तै सङ्घीय सरकार अन्तरगतको विषेश अनुदान ६८ लाख रुपियाँ, सङ्घीय सरकार र प्रदेश सरकारको समपूरक अनुदान अन्तरगत क्रमश एक करोड ३९ लाख रुपियाँ र एक करोड ५९ लाख रुपियाँ रहेको छ भने, गैर सरकारी संस्थाहरूबाट १० लाख ३६ हजार रुपियाँ रहने प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : 5:47 am

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने