त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा यात्रु सहायता कक्ष स्थापना हुने



काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुहरूलाई थप सहज, व्यवस्थित र सुरक्षित सेवा दिने उदेश्यले जिल्ला होटल व्यवसायी संघ, काठमाडौंले यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ। यात्रु सहायता कक्ष स्थापना गर्न मंगलबार व्यवस्थापक आइएमएस सर्भिसेज प्रा. लि. र जिल्ला होटल व्यवसायी संघ, काठमाडौंले एक कार्यक्रमका बीच सम्झौता भएको हो। उक्त सम्झौता अनुसार, संघले विमानस्थलको आगमन कक्षमा सहायता कक्ष स्थापना गरी पर्यटकहरूलाई सुरक्षित र व्यवस्थित रूपमा होटलसम्म पुऱ्याउने सेवा सञ्चालन गर्नेछ।

सम्झौतामा आइएमएस सर्भिसेज प्रा. लि. की प्रमुख कार्यकारी अधिकृत चारू श्रेष्ठ र जिल्ला ( होटल व्यवसायी संघ, काठमाडौं का अध्यक्ष सुरेश बरालले हस्ताक्षर गरेका हन्। सम्झौता समारोहमा संघका पदाधिकारीहरू तथा विभिन्न इकाइका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। अ

ध्यक्ष बरालका अनुसार, नयाँ सहायता कक्ष आगामी असारको पहिलो साताबाट सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उनले भने, ूविमानस्थल हुँदै काठमाडौं भित्रिने पर्यटकहरूलाई होटलसम्म पुऱ्याउने प्रक्रियालाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने हाम्रो उद्देश्य हो। सहायता कक्षले पर्यटनको पहिलो प्रभाव सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। संघले स्थापना गर्न लागेको सहायता कक्षबाट आगन्तुकहरूलाई होटल बुकिङ, ट्रान्सपोर्ट सेवा, तथा पर्यटनसम्बन्धी अन्य जानकारी एकै ठाउँवाट प्राप्त गर्न सकिने सुविधा रहनेछ

प्रकाशित मिति : 6:46 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका